गैरआवासी नेपाली संघको निर्वाचन विद्युतीय भोटिङ मेसिनबाट नहुने भएको छ । भोटिङका लागि प्रयोगमा ल्याइएको ३६ मेसिन मध्य २ वटाले मात्रै काम गरेको भन्दै निर्वाचन समितिले अब कागजी प्रक्रियाबाट मतदान सुरु हुने जानकारी दिएको छ ।
बुधबार करिब १ सय जनाले विद्युतीय मेसिनबाबाटै मतदान गरेका थिए । तर प्राविधिक समस्या आएको भन्दै राति ११ बजे मतदान रोकिएको थियो ।
एनआरएनएको नयाँ नेतृत्वका लागि ४२ पदमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
कागजी प्रक्रियाबाट अब केहीबेरमा मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।