यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेपनि उनलाई जिल्ला अदालतमा उपस्थित गराइने भएको हो । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका छन् ।
अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गर्दा पनि महराले बोल्दिन भन्ने गरेका छन् । संविधानले नबोल्ने अधिकार पनि दिएकोले प्रमाणबाट नै उनले यौन दुर्व्यवहार गरेको पुष्टि गर्ने तयारीमा प्रहरी छ ।
कुनै पनि अभियुक्तले अदालतमा बयान दिन्न भन्न पाउने व्यवस्था फौजदारी कानुनले नै सुरक्षित गरेको छ । मौनताको अधिकार फौजदारी न्यायको सिद्धान्तमा सामान्य मानिन्छ । नेपालको संविधानको भाग ३ मा रहेको मौलिक हकअन्तर्गत धारा २० ९७० मा ‘ कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन,’ भन्ने उल्लेख छ ।