मौसम बदली, आज पानी पर्न सक्ने

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई चिसो बढेको छ । आज बिहानैदेखि देशभरकै मौसम बदली भएको छ ।

आज दिउँसो देशका केही स्थानमा पानी पर्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । देशका पूर्वी र पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । मौसमविद्का अनुसार पश्चिमबाट आएको पश्चिमी वायुले केही ठाउँमा सामान्य र केही ठाउँमा घाम छिर्न नसक्ने गरी आज बादल लागेको छ ।



आज दिनभरि नै मौसम यस्तै धुम्म रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महशुस भएको मौसमविद् नगरकोटीले जानकारी दिए ।

राति देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एकरदुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि सोमबार देखि भने पश्चिमी वायुको प्रभाव क्रमशः कम हुँदै मौसम सुधार हुँदै जाने सम्भावना रहेको छ ।

सम्बन्धित समाचार