नेत्रविक्रम बिमली
झापा, ४ कात्तिक ।
हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरि मेची अञ्चल अस्पतालको आइसियुमा भर्ना भएका छन्।
डेङ्गुको सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका गिरिलाई आइतबार बेलुकीदेखि आइसियुमा राखेर सघन उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल श्रोतका अनुसार पेटलेट्को घटबढका कारण उनलाई आइसियुमा भर्ना गरिएर उपचार शुरु गरिएको हो ।