मुस्कान खातुनको प्रधानमन्त्रीलाई हृदय विदारक चिट्ठी

सम्माननीय प्रधानमन्त्रीज्यू !

म मुस्कान खातुन अन्सारी



मेरो तर्फबाट नमस्ते ! म एउटा तेजाब आक्रमणकी नानी । हजुरलाई एउटा सानो चिट्ठी । यो घटना मसँग घट्यो । घटनाको पीडा भनेको ठूलो घटना हो ।

पहिला जेनी खड्का र सङ्गीता मगर तेजाब आक्रमणमा परेका बेला कडाभन्दा कडा कानुन भइदिएको आज म यो अस्पतालको बेडमा हुने थिइनँ होला । हजुरको दुईतिहाइ बहुमतको सरकार छ । हजुरले तेजाब आक्रमण गर्नेलाई सजाय दिनुहोस् । हजुरको ठाउँमा म भइदिएको भए अपराधीलाई फाँसी दिन्थेँ होला ।

यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ता कि म जस्तो एउटा बालिकामाथि, या चेलीबेटीे र कसैमाथि तेजाब आक्रमण नहोस् । मैले जति पीडा खपेकी छु, त्यो पीडा कोहीमाथि पनि नहोओस् । यो पीडा हो, आमा र बाबुको पनि पीडा धेरै ठूलो पीडा हो । यो घटना कसैका आमाबाबुले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलोभन्दा ठूलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ ।

हजुरसँग मेरो एउटा अनुरोध छ कि, मेरो पीडा बुझिदिनुहोस् । यो घटना कसैमाथि नहोस्, कोही पनि अस्पतालमा अब तेजाब आक्रमण भएको चेलीबेटी नआओस् भन्ने अनुरोध गर्दछु ।

धन्यवाद ।

सम्बन्धित समाचार