आगामी तीन दिन कहाँको मौसम कस्तो ?

देशभरी मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

शुक्रबार दिउँसो देशको पूर्वि तथा मध्य पहाडी भू(भागमा आंशिक बदलि र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। राती देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।



त्यसैगरी शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ भने
राती देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

सम्बन्धित समाचार