कपिलवस्तुमा प्रहरीको गोलीले एकजनाको मृत्यु

कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरवकुमार पाण्डेको ज्यान गएको छ ।

लक्ष्मी पुजाको मुर्ति बिसर्जनको विषयमा झडप हुँदा एकजनाको ज्यान गएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजार तनावग्रस्त बनेको छ ।



मुर्ति बिसर्जनका विषयमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कृष्ण नगर बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

आज बिहान ११ बजेबाट अर्को आदेश नभएसम्मका लागि प्रशासनले कृष्णनगर भन्सार कार्यालयको उत्तरतर्फ सात सय मिटर र पश्चिम तर्फ सात सय मिटर, र पुर्व तर्फको तीन सय मिटर क्षेत्रमा कर्फ्युआदेश जारी गरेको हो ।

सम्बन्धित समाचार