प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रोपटक मृगौलाको डायलाइसिस गरिँदै छ। ओलीको आज तेस्रो पटक ग्राण्डी अस्पतालमा डायलाइसिस गरिन लागिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री अस्पताल जाने भए पछि बिहान बोलाइएको मन्त्रिपरिषद् बैठक पनि पछि सारिएको छ।
मन्त्रिपरिषद् बैठक पछि उमेद्वार छनोट गर्नका लागि सचिवालय बैठक बोलाइएको छ। प्रधानमन्त्री ओलीले यसअघि ग्रान्डी अस्पतलामा दुई पटक मृगौलाको डायलाइसिस गराइसकेका छन्। प्रधानमन्त्री ओलीले शनिबार बसेको नेकपा सचिवालय बैठकमा आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सचिवालय सदस्यहरुलाई जनाकारी गराएका थिए।
उनले आफू सिकस्त नभएको तर मृगौलाले काम गर्न भने छाडेको बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए। ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरा सामु दुईवटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अबस्था छ। फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ।’