नेकपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार, बागलुङमा जनमोर्चालाई समर्थन गर्ने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार साँझ बसेको सचिवलाय बैठकले उम्मेदावरको टुंगो लगाएको पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कास्की-२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाइएको छ। उनी स्व. निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको धर्मपत्नी हुन्। त्यसैगरी, प्रदेशसभातर्फ दाङ २ (ख)मा विमला वलीलाई टिकट दिइने निर्णय नेकपाले गरेको छ। भक्तपुर -१(क)मा देवीप्रसाद ढकाल उम्मेदवार हुने भएका छन्।



यता, बागलुङको प्रदेशसभामा नेकपाका जनमोर्चालाई समर्थन गर्ने निर्णय यसअघि नै गरेको छ। त्यसैगरी धरान उपमहानगरकालिको मेयरका लागि प्रकाश राइलाई उठाउने निर्णय नेकपाले गरेको छ।

बैठकले ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एकको नाम सचिवालय बैठकले टुङ्गो लगाए पनि गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ जनाको नाम टुङ्गो लगाउने जिम्मा प्रदेश कमिटीलाई दिएको छ। मंसिर १४ गते विभिन्न ५२ पदको लागि उपनिर्वाचन हुँदैछ।

सम्बन्धित समाचार