प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादतिर जान लागेको बताएका छन् । सरकारले सातै प्रदेश प्रमुख बर्खास्त गरेलगत्तै नेता पौडेलले सामाजिक सञ्जालमार्फत रोष प्रकट गरेका हुन् ।
उनले प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई मनपरि ढङ्गले हटाएको भन्दै सरकारले एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिस गरेको प्रतिक्रिया दिएका छन् ।
“प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई मनपरि ढङ्गले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिस हो,” उनले भनेका छन् । कांग्रेस नेतृत्वको काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्त गरेको भन्दै तत्कालीन एमालेले उतिबेलै विरोध जनाएका थियो ।