अमेरिकी डाइभर्सिटी भिसा (डिभी) को सन् २०२१ को आवेदनको म्याद भोलि नोभेम्बर ५ को राति १०ः४५ बजेबाट सकिने भएको छ । आवेदन एक महिना अघिदेखि खुलेको थियो ।
यसपालि आवेदनका लागि राहदानी पनि अनिवार्य चाहिने व्यवस्था गरिएकाले राहदानी बनाउनेहरुको भीड सम्बद्ध कार्यालयमा लागेको थियो । अमेरिकी दूतावासले अमेरिकी विदेश मन्त्रालयको वेवसाइटमा गएर सोझै आफैंले डिभी भर्न सकिने जनाउँदै निःशुल्क रुपमा आवेदन दिन सकिने र कन्सल्टेन्सीमा जानु जरुरी नरहेको भन्दै सूचित गरेको थियो । तर मानिसहरु डिभी भर्न खोलिएका विभिन्न कन्सल्टेन्सीमा खचाखच भरिएका देखिन्थे । यो फोटो मिलाउने झंझट र अन्य प्राविधिक कठिनाईका कारणले हुन सक्छ । किनकी फोटो एउटा खास साइज र रिजोलुसनमा हुनुपर्थ्यो ।