नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् । सोमबार राष्ट्रपति भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् ।
चितवनका अमिक शेरचन (गण्डकी प्रदेश), कास्कीका सोमनाथ अधिकारी (प्रदेश १), बाँकेका तिलक परियार (प्रदेश २), सिरहाका धर्मनाथ यादव (प्रदेश ५), झापाका विष्णु प्रसाई (प्रदेश ३), डडेल्धुराका गोविन्द कलौनी (कर्णाली प्रदेश) र चितवनकी शर्मिला त्रिपाठी (सुदूरपश्चिम प्रदेश) प्रमुखकाे शपथ लिएका हुन् ।