भारतले नेपालको कालापानी, लिपुलेक कब्जा गर्यो, प्रतिवाद गर्न कमल थापाको आह्वान

हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा पाकिस्तानले विरोध जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतको नयाँ नक्सा आफुहरुलाई मान्य नभएको जिकिर गरेको हो । भारतले जम्मु–कश्मीर र लद्दाखलाई फरक राज्य बनाएर नेपाल र पाकिस्तानको भुमि पनि आफ्नोमा पारेको छ ।

भारतले पाकिस्तानको नियन्त्रण रहेको कश्मीरलाई पनि आफ्नो नियन्त्रणमा भएको देखाएको छ । यस्तै नेपालको पनि कालापानी,लिपुलेकलाई नयाँ नक्सामा भारतमा आफ्नो भुमि भनेर दावा गरेको छ । पाकिस्तानले भारतको यो नयाँ नक्सा मान्य नभएको बताइसकेको छ । नेपालले भारतीय यस रवैयाप्रति कुनै प्रतिकृया दिएको छैन । चीनले पनि भारतीय कदम आफ्नो सम्प्रभुतामाथिको हमला भएको भन्दै सच्चाउन भनेको छ ।



चीन र पाकिस्तान धारा ३७० र अनुच्छेद ३५ ए हटाए देखि नै विरोध गर्दै आएका छन् । चर्को विवादका बीच भारतले यस्तो कदम चालेको हो । यसलाई लिएर नेपालमा विरोध सुरु भएको छ । पुर्व उप प्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले सरकारले यस विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध जनाएका हुन् ।

उनले भनेका छन्, ‘कालापानी,लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर बिरोध गर्दै आएको छ। हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्विकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस् ।’

सम्बन्धित समाचार