डडेल्धुरामा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । १७ औं पटक अनशन बसेका डा। केसी स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन्। चिसोको कारण केसीको रक्तचाप निकै कम भई रिंगटा लाग्ने समस्याको लक्षण देखिन थालेको बताइएको छ ।
डडेल्धुरा अस्पताल रोडको एउटा कोठामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएको डडेलधुरा अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य स्थिति निकै कमजोर भएको र चिसोले स्वास्थ्य झन् समस्या पर्नसक्ने बताइएको छ ।
सोमबार डडेल्धुरा पुगेका डा. केसीले स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशन सुरु गरेका थिए। गत भदौमा डा। केसी जादा डडेलधुराबाट आफ्नो अर्को अनशन डडेलधुराबाट सुरु हुने जनाएका थिए।
डा। केसीको अनशनको समर्थनमा डडेल्धुरामा नागरिक समाजले विभिन्न पक्षसाग छलफल पश्चात र्याली, सरकारलाई ज्ञापनपत्र बुझाउने र अन्य दबाबमुलक कार्यक्रम गर्ने बताइएको छ ।