राष्ट्रपति भण्डारीद्वारा चलचित्र महोत्सव उद्‍घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्‍घाटन गरेकी छन्। आजबाट चार दिनसम्म वीरगन्जमा चल्‍ने महोत्सव राष्ट्रपति भण्डारीले एक समारोहबीच उद्‍घाटन गरेकी हुन्।

राष्ट्रपति भण्डारीसँगै समारोहमा प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणालगायतको उपस्थिति रहेको थियो।



आयोजकले आज बिहान वीरगन्जस्थित घण्टाघरबाट महोत्सवस्थल आदर्शनगर रङ्‍गशालासम्म प्रभात फेरीको आयोजना गरेको थियो।

प्रभातफेरीमा वरिष्ठ कलाकारहरू नीर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा सिवाकोटी, नीता ढुंगाना, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौलालगायतले सहभागीता जनाएका थिए।

बलिउड अभिनेता गोविन्दा श्रीमती सुनितासहित सोही समारोहमा सहभागी छन्।

सम्बन्धित समाचार