सचिवालयसँगै मन्त्रिपरिषद पनि हेरफेरको तयारी, प्रमुख सल्लाहकार प्रदीप ज्ञवाली !

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय र मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेपछि नयाँ अनुहारको पनि चर्चा सुरु भएको छ। तत्कालीन नेकपा एमालेको नीति निर्माण तहको दस्तावेज लेखनमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली प्रमुख सल्लाहकार बन्ने दाबी स्रोतले गरेको छ। हाल उनी परराष्ट्रमन्त्रीको भूमिकामा छन्।

मिजासिला स्वभावका उनको सहयोगमा जनतस्तरसम्म सम्बन्ध बढाउन सहयोग पुग्ने विश्वास प्रधानमन्त्री ओलीले गरेका छन् । प्रधानमन्त्री कार्यालयमा जान सक्ने छनक ज्ञवालीले एक सातायता केही सार्वजनिक कार्यक्रममा दिइसकेका छन् । उनले दशैं तिहार सकिएपछि परराष्ट्र मन्त्रालयका कर्मचारीहरूसहित केही दिनअघि वनभोज कार्यक्रम गरेका थिए। उक्त कार्यक्रममा मन्त्री ज्ञवालीले आफूलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए।



मन्त्री ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएर बालुवाटार लग्ने चर्चासँगै मन्त्रिपरिषद पुनर्गठनको सम्भावना पनि बलियो बनेको छ। प्रधानमन्त्रीले केही मन्त्रीलाई सरकारबाट हटाएर नयाँ मन्त्री ल्याउने तयारीस्वरुप पनि सचिवालयमा परिवर्तनलाई हेरिएको छ।

ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी पनि थालेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको परामर्शमा मन्त्रीपरिषद हेरफेरको तयारी गरिएको हो । प्रधानमन्त्रीले आमूल परिवर्तनको कुरा सोचेको बताएकोले प्रदेशमा पनि केही मन्त्रीदेखि मुख्यमन्त्रीसम्मै हेरफेर हुन सक्ने स्रोतको दाबी छ ।

यता उपसभामुख शिबमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर उनलाई पनि मन्त्री बनाउने तयारी छ । ६ जना मन्त्री हेरफेरको तयारी गरिएको बुझिएको छ । ओलीले उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो ।

यौन दुव्र्यवहारको आरोपमा मुछिएका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्य पार्टीलाई नछाड्न नेकपाले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार