सडकबाट भारतको विरोध गर्दैमा समस्या समाधान हुँदैन: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतको विरोधमा सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन् । भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित नभएको भन्दै पौडेलले सरकारको ध्यानकार्षण गराए।

नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको उनले बताए । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले भने , ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति सम्म गर्न सक्नुहुन्छ, अब हेर्नुछ ।’



यस्तै सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने उनको भनाइ रहेको छ । उनले भने, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ?’

उनले नेपालका भूभाग भारत र चीनतिर बाट भएको अतिक्रमणको विरोध जनाए ।

सम्बन्धित समाचार