भारतले मात्र होइन चीनले पनि भूमि अतिक्रमण गरेको छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाल भूभाग रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन् ।

नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको उनले बताए । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले भने , ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति सम्म गर्न सक्नुहुन्छ , अब हेर्नुछ ।’



यस्तै सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने उनको भनाइ रहेको छ । उनले भने, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ?

भारतको यो कदम अन्तरराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको बताउनु भयो । नेपालका भूभाग भारत र चीनतिरबाट भएको अतिक्रमणको विरोध जनाएका छन् ।

सम्बन्धित समाचार