निर्दोष आलमलाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल सबै लागेः अधिवक्ता श्रेष्ठ

इँटाभट्टामा जिउँदै मान्छे जलाउने गम्भीर अपराधमा संलग्न मोहम्मद अफ्ताब आलमको पक्षमा बहस गरिरहेका नेपाल बारका पूर्वमहासचिव रमण श्रेष्ठले आलमलाई फसाउन राज्य, मिडिया र सामाजिक सञ्जाल योजनाबद्ध ढंगले लागेको जिकिर गरेका छन्।

पटकपटक चुनाव जितेर मन्त्री भएका लोकप्रिय नेता आलमलाई राजनीतिक रूपमा हराउन नसकेपछि विरोधीहरूले बम विस्फोट गराएर हत्या गरेको झुटा तानाबाना बुनेको श्रेष्ठको दावी छ ।



‘आलम पटकपटक चुनावबाट निर्वाचित भए , मन्त्री भए । उनका विरोधीले यो देख्न सकेनन् । राजनीतिक रूपमा हराउन नसकेपछि आलमलाई फसाउन झुटा घटना रचना गरियो । त्यसैले विस्फोटको घटना नै पूरापूर झुटा र काल्पनिक हो । तानाबाना बुनिएका हुन्,’ बुधबार जिल्ला अदालत गौरमा आलमको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले भने।

सम्बन्धित समाचार