स्थानीय तहको उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन

निर्वाचन आयोगले मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र वडा अध्यक्ष ४३ गरी ४८ पदका लागि २ सय ८२ उम्मेदवारको मनोनयन दर्ता भएकोमा ९ उम्मेदवारले नाम फिर्ता लिएपछि २ सय ७३ जनाको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।

मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तह गरी ३७ जिल्लाका ५२ स्थानमा उप निर्वाचन हुन लागेको हो। यस अघि नै प्रतिनिधी सभा र प्रदेश सभाका लागि ६४ जनाको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।



सम्बन्धित समाचार