-नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले छिमेकीसँगका असमान सन्धी सम्झौताका बारेमा आवाज उठाउनु पर्ने उपयुक्त समय आएको बताएका छन् । सीमा अतिक्रमण सम्बन्धी सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियालाई सम्वोधन गर्दै नेता रावलले सो कुरा बताएका हुन् ।
नेता रावलले भूगोलविद, इतिहासविद र कूटनीतिकको साथ लिएर आँखामा आँखा जुधाएर वार्ताका लागि सरकार अघि बढ्नु पर्नेमा जोड दिए । उनले वर्तमान सरकारले नेपाली भूमिबाट विदेशी सेना फिर्ता गरी विगतका सरकारभन्दा अहिलेको सरकार फरक रहेको प्रमाणित गर्नुपर्ने बताए ।
उनले परराष्ट्रको विज्ञप्तिमा सुतुर्मुर्गले टाउको लुकाए जस्तो पुच्छ्रे« सही किन गर्नु पर्यो ? भनी प्रश्न गरे । साथ उनले राष्ट्रियताको कुरा गर्दा आफूलाई प्रतिपक्ष भनिएकोमा असन्तुष्टी जनाउदै आफू प्रतिपक्ष नभई प्रतिरक्षक भएको बताए ।