सेना र प्रहरी ठूला नेताहरूका अघिपछि ट्‌वाँट्‌वाँ गर्दै हिँड्नलाई मात्र हो ? : भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वीर गोर्खालीको पहिचान जोगाउनतर्फ शीर्ष नेताहरुले सोच्नु फर्ने बेला आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित सीमा अतिक्रमण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भण्डारीले दोस्रो विश्व युद्धमा वीर गोर्खाली पदवी पाएका गोर्खालीको पहिचान जोगाउनतर्फ सोच्नु पर्ने बेला आएको बताएका हुन् ।

भण्डारीले भने ‘नेताहरूले ठूला घर बनाए, पर्खाल लगाए र गार्डहरू राखे तर देशको समिा सुरक्षामा ध्यान दिन सकेनन् यो भन्दा लाजमर्दो कुरा के हुन सक्छ ?’ उनले अगाडि भने ‘सेना र प्रहरी ठूला नेताहरूका अघिपछि ट्वाट्वा गर्दै हिँड्नलाई मात्र हो ?’



जुनसुकै पार्टीको सरकार भए पनि सदनमा देशको कुरा बोल्छ कि बोल्दैन त्यो कुरा महत्वपूर्ण भएको भन्दै अबको राजनीति त्यहाँबाट शुरु हुनुपर्ने बताए । साथै उनले पैसाको लोभमा, छात्रवृित्तको आशमा दूतावास धाउने नेपालका नेताहरूलाई सबै जनताले चिन्नु पर्ने बताए । साथै उनले नेताका छोराछोरी विदेश पढ्ने र गरिबका छोराछोरीले आन्दोलन गर्ने र लाठी खाने गरेको जिकिर गरे । संसारमा अहिले युवाहरुले नेतृत्व गरेको भन्दै अब नेपाली राजनीतिमा पनि नेतृत्व परिवर्तन जरूरी रहेको धारणा राखे ।

सम्बन्धित समाचार