गोकर्ण विष्टमाथि अन्याय, वैदेशिक रोजगारदातामा चल्यो भोज

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तनको क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएपछि वैदेशिक रोजगारसँग सम्बन्धित केहीले भने भोज नै गरिरहेका छन् । वैदेशिक रोजगारदाताहरूले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारेर राम्रो काम गरिरहेका विष्टलाई हटाईएको स्रोतको दावी छ ।

लामो समयदेखि भ्रष्टाचार र लुटतन्त्रको अखडा बनेको वैदेशिक रोजगारीको क्षेत्रमा विष्टले धेरै सुधार गरेको र केही काम प्रक्रियामै रहेकाले उनलाई हटाउन नाम चलेकै मानव तस्करहरुसमेत लागिपरेका थिए ।



मलेसिया सरकारसँग लिएको अडान, जापानमा नेपाली कामदार पठाउन गरिएको पहल, केही खाडी मुलुकसँग गरिएको फ्री भिसा र फ्री टिकट सम्झौता, वैदेशिक रोजगार विभागमा गरिएका सुधारका काम, म्यानपावर कम्पनीहरूलाई जबाफदेही बनाउन चालिएको कदम, आफ्नै प्रदेशबाट श्रम गर्न मिल्ने व्यवस्था, प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा जस्ता कामले परिणाम देखाएका मन्त्री विष्ट विभिन्न क्षेत्रका माफियाहरूको नजरमा कसिंगर बनेका थिए

मन्त्री विष्टलाई हटाउन नेपाली मात्र होइन मलेसियाकै कतिपय गिरोह महिनौँदेखि लागिपरेको चर्चा पहिले पनि चलेको थियो । उनलाई हटाउन र आफ्नो पुरानो साम्राज्य चलाउन वैदेशिक रोजगारमा संलग्न कतिपय व्यवसायी र वैदेशिक रोजगारीकै मेडिकल सञ्चालकहरू लागिपरेका थिए ।

विष्टलाई हटाएर रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाइएको छ ।

सम्बन्धित समाचार