प्रधानमन्त्रीलाई सीपी गजुरेलेको आग्रह : ‘भारतसँग वार्ताका लागि तत्काल मिति तोक्नुहोस्’

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले कालापानीमा भारतका दश हजार सेना राख्दा पनि नेपालले आफ्ना सेना राख्न नसक्नु सरकारको कमजोरी भएको बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले काठमाडौंको शान्तिवाटीकामा आयोजना गरेको नेपाली भूमिमा भारतीय अतिक्रमणविरुद्धको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले यस्तो बताएका हुन् ।

उनले भारतीय विस्तारवादले यस्ता नक्साहरू वितरण गर्दै गएपछि पुर्खाहरूले रगत बगाएर जोगाएको नेपाली भूमि नरहने हो कि भन्ने त्रास आम नेपालीहरुमा रहेको बताए । भारत भूगोलका हिसाबले ठूलो छ, सैनिक शक्ति पनि धेरै छ र जनसङ्ख्या पनि धेरै छ । हाम्रो देश सानो छ र हाम्रो जनसङ्ख्या पनि थोरै छ भन्दैमा हामी केही पनि गर्न सक्दैनौ भन्ने होइन । हामीले कुटनीतिक ढङ्गबाट कदम चालेर समास्या समाधान गर्नु पर्छ भन्ने गजुरेलको भनाइ रह्यो । साथै, उनले नेपाली सैनिकहरूलाई बाटो खन्ने काममा नलगाएर कालापानीको सुरक्षाका लागि राख्न र बाटो खन्ने काम जनतालाई दिन पनि सरकारलाई आग्रह गरेका छन् ।



कार्यक्रममा बोल्दै गजुरेलले सीमा विवाद एउटा जटिल विषय भएकाले यसको समाधान गर्न सचिव स्तरीय होइन प्रधानमन्त्री स्तरबाटै तत्काल वार्ताको मिति तोक्नु पर्ने बताए । उनले देश सङ्कटमा भएको बेला अब देश जोगाउनका लागि देश विदेशमा रहेका लाखौ जनताहरुलाई सडकमा आउनसमेत आव्हान गरे ।

सम्बन्धित समाचार