प्रधानमन्त्री केपी शर्मा ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए । मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका सामाजवादीका अध्यक्ष यादव आक्रोशित हुँदै शुक्रबार नेपाल फर्किएका छन् ।
उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के गर्लान् ? समाजवादीमा यसै विषयमा मतभेद सुरु भइसकेको छ । केही सरकार छाड्नुपर्ने तर्कमा छन् भने कतिपय अझै हेर्नुपर्ने धारमा छन् ।
समाजवादीका अर्का अध्यक्ष डा बाबुराम भट्टराई तत्काल सरकारबाट बाहिरिनुपर्ने पक्षमा छन् । तर, उपप्रधानमन्त्री यादव निकटले मन्त्रालय हेरफेर हुँदैमा सरकारबाट बाहिरिनुपर्ने तर्क सही नभएको बताएका छन् ।