सीमा बचाऊ अभियानबाट ‘नेपालको नक्शा’ सार्वजनिक

नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरी सार्वजनिक गरेको हो ।

नक्शा तयार गरेको विधिबारे जानकारी दिदै अभियानका प्राडा. नरेन्द्र राज खनालले विज्ञका हिसाबले नदीको रेखांकन गरिएको बताए । उनले भने, डिजीटल एलिभेसन मोडेलबाट रेखांकन गरेका हौं । यही विधिबाट रेखांकन गरिएको जानकारी समेत दिए । नक्शा बनाउँदा काली नदीको मुहानबारे प्रष्ट पारिएको बताए ।



सीमा बचाऊ अभियानको नक्शा समितिका विज्ञ कोमल चन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जानकारी दिए । उनले नक्शा तयार पारिएको विधि समेत उल्लेख गरे ।

नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्शाबारे घर घरमा चर्चा हुनुपर्ने बताए । उनले भने, हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्शा सुगौली सन्धी अनुसारको भएको बताए । भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएको कारण नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाई थियो ।

नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले नक्शा सार्वजनिक गरेकोमा अभियानलाई धन्यवाद दिए । उनले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको सुनाए । उनले भने, हामीले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धेरै धन्यवाद छ ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउन्टर गन नक्सा सार्वजनिक गर्नुपर्नेमा गरिएकोमा खुशी व्यक्त गरे । उनले भने भारतको नयाँ नक्सालाई हामीले मिलेर प्रतिरोध गर्न आवश्यक छ । पूर्व सचिव तथा अभियानकर्ता डा। द्धारिकानाथ ढुंगेलले तयार पारिएको नक्शा नेपाल सरकारसम्म पुर्याउने जानकारी दिए । नक्शा तयार भएकाले सबै क्षेत्रमा पुर्याउनुपर्नेमा जोड दिए । संयुक्तराष्ट्रसंघसम्म नक्शा पुर्याउनेबारे विचार गरिएको उनको भनाई थियो ।

सम्बन्धित समाचार