पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

पूर्वराजा ज्ञानेन्द्र शाहले टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेर आइसीयूमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।



पूर्वराजा शाहको स्वास्थ्य लाभको कामनाको सन्देश लिएर उनका निजी सचिव पशुपति भक्त महर्जन मनमोहन सेन्टरमै पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएकाले आज बिहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको एपेन्डिक्सको आजै शल्यक्रिया पछि आइसियुमा राखिएको छ । उनी अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।

सम्बन्धित समाचार