प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचौं पटक डायलासिस गरिएको छ । मंगलबार एपेन्डिसाइटिसको अप्रेशन गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार साँझ पाँचौं डायलसिस गरिएको हो । एपेन्डिसाइटिसको अप्रशनपछि अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएले मृगौलाको डायलासिस गरिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।
सोमबार राति अत्याधिक पेट दुखेसँगै पखाला लागेपछि मंगलबार बिहान महााजगञ्जस्थित मनमोहन कार्डियोथोरासिकमा उनलाई भर्ना गरिएको थियो । त्यसको केहि समयमै उनलाइ एपेन्डिसाइटिस भएको डाक्टरहरुले पत्तो लागाएछि आकस्मिक अप्रेशन गरिएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा कात्तिक १३ गते , १४ गते, ३० गते र मंसिर ८ गते डायलासिस गरिएको थियो । करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका उनको मिर्गौलामा छिटोछिटो समस्या देखिएपछि नियमित डायलासिस गराउँदै आएका छन्।
अहिले ओलीलाइ सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको अस्पतालले निकालेको बिज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री ओलीलाई कसैसँग भेटघाट गर्न दिईएको छैन् ।
बुधबार बिहान ओलीलाई भेट्न अस्पताल पुगेका प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट गर्न दिइएको थिएन ।