आफ्नै अगाडी पत्रकारले डाक्टरलाई थर्काए पछि प्रधानमन्त्रीले भने ‘मेरो स्वास्थ्यका बारेमा सबै बताइदिनुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जिज्ञासा राखेका छन् । उपचार टोलीको संयोजक हुन् डा अरुण सायमी । उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा प्रश्न गरिहेका बेलामा एक जना पत्रकारले डा सायमीलाई फोनमा थर्काउँछन् ।

आफ्नो स्वास्थ्यमा सुधारलगत्तै प्रधानमन्त्री केपी ओली जिज्ञासु हुन थालेका छन्। उपचार टोलीका संयोजक डा अरुण सायमीसँग उनी सोध्छन्– ‘के छ खबर ? मिडियामा के–के आइरा’छन् ? ’ डा सायमीले सामान्य ब्रिफिङ गर्छन्। प्रधानमन्त्री ओलीसँग उनको ठट्टा चल्छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको पाँचौँ तलामा स्वास्थ्यलाभ गरिरहेका छन् ।



प्रधानमन्त्रीसँग सामान्य कुराकानी भइरहेका बेला बुधबार साँझ डा सायमीलाई एक सञ्चारकर्मीको फोन आयो । ती सञ्चारकर्मीले आरोप लगाए, ‘तपाईंहरूले प्रधानमन्त्रीको स्वास्थ्यबारे कुरा लुकाउनुभयो ।’ डा सायमीले सबै कुरा सार्वजनिक भएको स्पष्ट पार्दै आरोपको प्रतिवाद गरे । दुई जनाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरा बोल्दिनुस् । जे भइरहेको छ, जवाफ दिनुस्।’ यो खबर आजको अन्नपुर्णपोष्टमा प्रकाशित छ ।

सम्बन्धित समाचार