धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए ।
विजयी तिलकले नेकपाका उम्मेदवार प्रकाशलाई २७९५ सय मतले पछि पार्दै जित हात पारेका हुन् ।
यसअघिको निर्वाचनमा उक्त क्षेत्र नेकपाले जितेको थियो ।