प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतामै रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकले बताएका छन् । डिस्टार्ज गरेपछि मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लैजाने चिकित्सक र नेकपाका नेताबीच छुट्ट छुट्टै छलफल भएको छ ।
‘मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआउँदै एकपटक विदेश लैजाने तयारी छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीको एक सातामै दुईपटक डायलाइसिस गरिएको छ। नेकपाका एक सचिवालय सदस्यले ओलीलाई उपचारका लागि विदेश लैजान आन्तरिक छलफल भइरहेको बताए ।
‘अमेरिका नै लैजाने कि त्यहाँका चिकित्सकलाई नेपालमै झिकाएर उपचार गराउने भन्नेमा छलफल भइरहेको छ,’ ती नेताले भने, ‘अमेरिका लैजाने सम्भावना बलियो छ।’भन्न खबर अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।