कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डले पहिलोपटक बोलाए सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक सचिवालय बैठक आह्वान गरेका हुन् । प्रचण्डले प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको सहमति लिएर सचिवालय बैठक बोलाएको नेकपाले जनाएको छ ।

दुई अध्यक्षबीच ओलीले सरकार र दाहालले पार्टी हाक्ने सहमति भएपछि दाहालले आज बैठक आह्वान गरेका हुन् । बैठक बिहान ९ बजे पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बस्ने प्रचण्डको सचिवालयले जनाएको छ ।



बैठकमा पार्टी एकताको कार्यभार, प्रधानमन्त्री तथा अध्यक्ष ओलीको स्वास्थ, उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल हुनेछ । साथै आगामी बैठकका एजेन्डा पनि तय गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । दाहालले यसअघि पार्टी एकताको १८ महिनाको बीचमा एक पटकमात्र पार्टी बैठकको अध्यक्षता गर्न पाएका थिए ।

सम्बन्धित समाचार