जापानको सीप परीक्षामा सबै फेल, पहिलो चरणमा कोही पनि जान नपाउने

जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए । ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए ।

नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उतीर्ण हुुनुपर्छ । अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्रबाट छानेर जापान फाउण्डेसनले परीक्षा लिएको थियो भन्ने खबर कान्तिपुर दैनिकमा छ ।



कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो भन्ने स्पष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।

सम्बन्धित समाचार