सीमा अतिक्रमण बारे छलफल गर्न माधव नेपाल भारत जाँदै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल सीमा विवादका विषयमा वार्ता गर्न विशेष दूतका रूपमा भारत जान लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि नेता नेपालले विशेष दूतका रूपमा दिल्ली जाने तयारी गरेका छन् । तर, भारतीय पक्षबाट जानकारी नआएकाले टुंगो नलागेको नेता नेपालले बताए ।

१८ मंसीरको नेकपा सचिवालयको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफू प्रधानमन्त्री ओलीको प्रस्तावमा सरकारको विशेष दूत बनेर दिल्ली जान लागेको जानकारी दिएको खबर अन्नपूर्ण पोष्टदैनिकमा खबर छ । ‘प्रधानमन्त्रीले ओलीले १५(२० दिनअघि मलाई सरकारको प्रतिनिधिका रूपमा दिल्ली जानुहोस्, मोदीजीसँग कुरा गरेर आउनुहोस् भन्नुभएको थियो। मैले हुन्छ भनेँ, परराष्ट्र मन्त्रालयले प्रयास गरिरहेकै छ । मैले पनि भारतीय राजदूतसँग छलफल गरेँ। उताबाट कुनै जानकारी नआएकाले टुंगो लागेको छैन’,



बैठकमा नेपाललाई उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने। भारत सरकारले १६ कात्तिकमा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ ।

सम्बन्धित समाचार