प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै , राष्ट्रपति पुगिन् अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । आज दिउँसो तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

डिस्चार्ज हुनुअघि राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएकी थिइन् ।



मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमा थिए ।

प्रधानमन्त्री ओलीले अब एक हप्ता पूर्ण रुपमा आराम गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताए ।

सम्बन्धित समाचार