सभामुख पद मधेसवादी दलले पाउनुपर्छ  : अरगरिया

समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले सभामुख पद मधेसवादी दलले पाउनु पर्ने बताएका छन् । आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

हिउँदे अधिवेशन बोलाउने प्रक्रियामा कुनै व्यवधान नभएकाके भन्दै उनले संसदको हिउँदे अधिवेशन चाँडै बोलाउनुपर्ने बताए । संसद सुचारूको विषयमा संविधानमा र प्रतिनिधिसभाको नियामावलीमा बेग्लाबेग्लै व्यवस्था छ । उनले भने– संसद सुचारू गर्न र अन्त्य गर्न सभामुख नै चाहिने व्यवस्था नियमावालीमा गरिएकोले संविधानमा पनि त्रुटि रहेको जनाउदै संविधान संशोधन गर्न आवश्यक रहेको पनि औंल्याए ।
साक्षात्कार कार्यक्रममा सीमा विवादको विषमा बोल्दै उनले सीमा अतिक्रमणका बारेमा सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।



सम्बन्धित समाचार