हैदराबादको बहुचर्चित डाक्टर बलात्कार काण्डमा पक्राउ परेका चारै जना अभियुक्तको प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका हुन् ।
तेलंगना प्रहरीकमा एडीजी जीतेन्द्रले आज बिहान तीन बजे चारै अभियुक्तको मुठभेडमा मृत्यू भएको बताएका छन् । चारै जना अभियुक्तलाई बुधबार प्रहरी हिरासतमा सुम्पिएको थियो । गएराति चारै अभियुक्तलाई बलात्कारपछि हत्या गरिएकी डाक्टरको शब भेटिएको स्थानमा लगिएको थियो ।
सो स्थानमा घटनाको दृश्य रिक्रिएट गर्ने क्रममा प्रहरीमाथि नै हमलाको कोशिस गरेपछि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।
२८ नोभेम्बरमा हैदराबादमा २७ वर्षीया पशु चिकित्सकको शब जलेको अवस्थामा भेटिएको थियो । जाँचका क्रममा बलात्कारपछि हत्या गरेर शब समेत जलाएको पत्ता लागेको थियो । घटनापछि पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि १४ दिनका लागि हिरासतमा पठाइएको थियो ।