ट्रकको ठक्करबाट विद्यार्थीको मुत्यु

तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । नम्बर नखुलेको एउटा ट्रकको ठक्करबाट त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दको मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् ।



विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेका छन् । तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् ।

घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।

सम्बन्धित समाचार