११ औं मानव अधिकार राष्ट्रिय महाभेलाको शुभारम्भ

‘दिगो विकासको आधार, सबैका लागि मानव अधिकार’ भन्ने मूल नाराका साथ ११औं मानव अधिकार राष्ट्रिय महाभेला २०७६ को आइतबार काठमाडौंमा शुभारम्भ भएको छ । महाभेलाको अवसर पारेर गैरसरकारी संस्था महासंघले यो वर्षदेखि ३ वटा सम्मान र पुरस्कार वितरण गरेको छ । मानव अधिकार क्षेत्रमा लामो सङ्घर्ष र योगदान गरेका मानव अधिकारकर्मीहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो ।

यो वर्षको शान्तालक्ष्मी श्रेष्ठ राष्ट्रिय महिला मानव अधिकार पुरस्कार गंगा कसुजीलाई र राष्ट्रिय मानव अधिकार सम्मान पुरस्कार गौरीशंकरलाल दासलाई नगद २०-२० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यसैगरी पद्मरत्न तुलाधार राष्ट्रिय मानव अधिकार तथा शान्ती पुरस्कार डा. मथुराप्रसाद श्रेष्ठलाई नगद ५० पचास हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।



नेपालको मानव अधिकारको वर्तमान अवस्थाका बारेमा छलफल गर्न गैरसरकारी संस्था महासंघ नेपालको संयोजन, राष्ट्रिय युवा महासंघ नेपाल र ग्रासररूट्स डेभलपमेन्ट फाउन्डेसनको संह–संयोजन र दुई सयभन्दा बढी मानवअधिकार संघसंस्थाहरूलको सहभागितामा ११ औं मानव अधिकार राष्ट्रिय महाभेलाको आयोजना गरिएको थियो । आजबाट शुरु भएको महाभेलाको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले गरेका थिए । सन् २००९ बाट नेपालमा मनाउन थालिएको महाभेला डिसेम्बर ८ देखि ११ सम्म चल्ने छ ।

सम्बन्धित समाचार