अब बालुवाटारको जग्गा किन्नेविरुद्ध पनि मुद्दा

बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरु मात्र होइन, जग्गा किन्नेहरुविरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुई पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् ।

‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्यौल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरुसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए ।



प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा बढी व्यत्तिःको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिाय अघि बढाइसकेको छ । मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् ।

सम्बन्धित समाचार