विहीबार भएन सार्वजनिक विदा

सरकारले विहीबार सार्वजनिक बिदा दिएन । विहीबार उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि परेकाले सरकारले विदा दिनु पर्दथ्यो । यसअघि सार्वजनिक विदा दिइएको थियो ।

२०७६ सालको लागि थप गरिएको विदाहरुको प्रस्तावित विवरणमा उधौली पर्वलाई राखिएको थियो । सो विदाका लागि तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्रप्रसाद अधिकारी, शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को हस्ताक्षर रहेको थियो ।



अधिकारीको निधन भए पनि दुई जना अझै पनि सरकारमा छन् । हिन्दू धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै बिहीबार नै नेवार समुदायले पनि योमरी पूर्णिमा मनाइरहेका छन् । यी तीन पर्व विहीबार एकैपटक परेकोले सरकारले सार्वजनिक विदा दिने अनुमान धेरैको थियो ।

शैक्षिक संस्थामा बिदा
सरकारले सार्वजनिक विदा नदिए पनि केही शैक्षिक संस्थाहरुमा बिदा दिइएको छ । सरकारले सार्वजनिक विदा दिएको ठानेरै ती विद्यालयहरुले विदा दिएका हुन् ।

सम्बन्धित समाचार