चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो । घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृत्युको कारण हृदयघात भएको आशंका गरिए पनि स्पष्ट भइनसकेको अस्पतालले जनाएको छ । भट्टराई आठ महिनाअघि चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनले थुप्रै चलचित्र तथा टेलिसिरियलमा अभिनय गर्नुका साथै निर्माणसमेत गरेका छन् ।



२०२५ मंसिर ४ मा ओखलढुंगामा जन्मिएका भट्टराईका ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु उनका सफल चलचित्र मानिन्छन् ।

सम्बन्धित समाचार