सिन्धुपाल्चोक दुर्घटनाको छानबिन गर्न समिति गठन

सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनाका लागि छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलो पटक सवारी दुर्घटनाका लागि छानबिन समिति गठन गरेको हो ।

हिजो मात्रै मन्त्रालयका पदाधिकारी र सम्बन्धित निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सवारी दुर्घटना बढेको भन्दै सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन दिए लगत्तै मन्त्रालयले सिन्धुपाल्चोक दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको हो ।



मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा, गृहमन्त्रालय, ट्राफिक प्रहरी र यातायात महासंघका प्रतिनिधीको संलग्नतामा छानबिन समिति गठन गरेको हो। समितिलाई सातदिनभित्र प्रतिवेदन बुझाउन पनि भनिएको छ। गत मंसिर २९ गते सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटनाुहँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए।

सम्बन्धित समाचार