सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीभित्रको पुरानो नीति र प्रवृत्तिलाई फेर्नुपर्ने धारण राखेका छन्। पार्टी मुख्यालयमा आइतबारबाट सुरु भएको स्थायी कमिटिको बैठकमा नेताहरुले पार्टी नीति तथा कार्ययोजनालाई परिमार्जन गर्नुपर्नेमा जोड दिएका हुन् । ‘पार्टीभित्र पुराना परम्परगत प्रवृत्तिको अन्त्य गर्नुपर्छ, त्यसलाई परिमार्जन गर्न नसकेको खण्डमा विकास निर्माणले गति पाउँदैन,’ स्थायी कमिटि सदस्य किरण गुरुङले भने, ‘पार्टीका नराम्रा नीति तथा कार्याक्रमलाई हटाएर अघि बढ्न आवश्यक भइसकेको छ।’
स्थायी कमिटी बैठकमा सभामुखको विषयलेसमेत प्रवेश पाएको छ। राष्टपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन डाकेसँगै नेकपाभित्र सभामुखको चर्चा चुलिएको छ। स्थायी कमिटीको बैठकमासमेत सभामुखको चर्चा भएको छ। राष्टपति भण्डारीले हिउँदे अधिवेशन बोलाएको दिन पौष ४ गते नयाँ सभामुख ल्याउँदैछिन्।
तत्कालीन सभामुख कृष्णबहादुर महारा बलात्कार प्रयासको आरोपमा पुपक्षको लागि थुनामा परेसँगै सभामुख पद रिक्त छ। सोही पद परिपूर्तिको लागि नेकपाभित्र प्रत्यासी नेताहरुको दौडधुप चलिरहेको छ । नेकपाभित्र सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेम्वाङलाई ल्याउन चाहेका छन् । अध्यक्ष प्रचण्ड नेता अग्निप्रसाद सापकोटालाई ल्याउने दाउमा छन् । यता, उपसभामुख शिवमाया तुम्बाहाफेले सभामुख पदमा पहिलो दाबी आफ्नो भएको बताइरहेकी छन्।
त्यसैगरी बैठकमा नेता गोकर्ण विष्टले गुनासो व्यक्त गरेका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको क्रममा आफूमाथि अन्याय गरेको बताएका हुन् । आफुले प्रधानमन्त्री ओलीले मन्त्रालयबाट राजीनामा मागेको भए दिन तयार रहेको उनले बताएका थिए। तर, ओलीले असफल भएको आरोपसहित बिष्टलाई पदबाट हटाएका थिए। प्रधानमन्त्री ओलीले विष्टसहित ६ मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएका थिए ।