नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ पुस ।
नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ङवाङले पुस ४ गतेदेखि हुने नेपाल शेर्पा संघको महाधिवेशनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै ङवाङ सोनाम शेर्पाल नेपाल भन्नाले हिमाल र हिमाल भन्नाले शेर्पा समुदाय जोडिएर आउने गरेको भन्दैे शेर्पा समुदायको हक हितका लागि आफू सधैं लागिपर्ने बताए । साथै, उनले नेपाल शेर्पा संघ सामाजिक संस्था भएकाले यसमा आफू पनि राजनीति नगर्ने र अरूलाई पनि संस्थाभित्र राजनीति नगर्न आग्रह गरे ।
संघका बहालवाला महासचिव ङवाङलाई निवर्तमान अध्यक्ष पेमा छिरी शेर्पा, सल्लाहकार आङछिरिङ शेर्पा, निमी शेर्पा, पूर्व महासचिव ङिमा तेण्डुप शेर्पा, सदस्य छिरिङ ओङदी शेर्पालगायतले समर्थन गरेका थिए ।
अधिवेसनबाट छ सय मतदाताहरूले चार वर्षे कार्यकालका लागि ३७ सदस्यीय कार्यसमितिको चयन गर्नेछन् ।