यस्तो छ, आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सु /कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ ।

नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ । महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सुरकुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ ।
दिउँसो देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडीरहिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।



राती देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडीरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार