सभामुखको चयन आगामी ११ गते

विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसदको हिउँदै अधिवेशनका आज (शुक्रबार) देखि शुरु हुँदै छ । आजको संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौं अधिवेशन आज अपरान्ह ४ बजे प्रारम्भ हुँदैछ ।

प्रतिनिधि सभाको बैठक सभामुखको अनुपस्थितिमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले अध्यक्षता गर्ने सहमति भएको छ । हिजो (बिहीबार) अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच भएको भेटवार्तामा बैठकको अध्यक्षता, सभामुखको चयन र विधेयक विषयमा सहमति जुटेको थियो ।



आज उपसभामुख तुम्बाहाम्फेले कार्यव्यवस्था पराशर्म समितिको बैठक बोलाएर प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्य सूची तयार परेकी हुन् । जस अनुसार सभामुखको निर्वाचन आगामी ११ गतेका लागि कार्यतालिका तय भएको छ ।

आजको बैठकको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेश आह्वान गरेको पत्र पढेर सुनाइने छ । त्यस्तै मन्त्रिपरिषदका सदस्य हेरफेरबारे राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसूची पनि छ । त्यसलगत्तै विभिन्न दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्य सूची छ ।

त्यसैगरी चार जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरिने छ । यसपछि आजको बैठक स्थगित हुनेछ । संसदको अर्को बैठक आगामी ११ गते अपराह्न १ बने बस्ने बताइएको छ । सोही दिन सभामुख चयनको प्रक्रिया अगाडी बढाइने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दलका नेता देउवाबीचको वार्तामा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवा र कांग्रेस नेता रमेश लेखक सहभागी थिए ।

सम्बन्धित समाचार