समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुखमा आफ्नो पार्टीको कुनै दाबी नरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग बोल्दै उनले सभामुखको पदका लागि आफ्नो पार्टीले दाबी नगरेको बताएका हुन् ।
‘सुविधाजनक दुई तिहाइको सरकारले चाहेको निर्णय गर्न सक्छ’, उनले भने, ‘सभामुख र उपसभामुखमा हाम्रो दलको कुनै दाबी रहँदैन।’
निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा सँगै सभामुख पद खाली रहेको छ।