यस्तो छ, आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । देशको पश्चिमी उच्च पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहेको छ भने बाँकी भू-भागमा सामान्यया सफा र तराईका भू-भागहरुमा हुस्सुरकुहिरो लागेको अवस्था रहेको महाशाखाले जनाएको छ ।

सोमवार दिउँसो देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ। राति देशभर आंशिक बदलिको अवस्था रहने छ । आगामी तीन दिन मौसममा कुनै परिवर्तन नआउने पनि महाशाखाले जनाएको छ ।



सम्बन्धित समाचार