नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुस ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले स्ववियुलाई जीवन्त राख्न स्ववियुको चुनाव अपरिहार्य रहेको बताएका छन् । मंङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन आरआरले आयोजनामा गरेको कार्यक्रममा बोल्दै संयोजक महरले सो कुरा बताएका हुन् ।
अनेरास्ववियु विगतदेखि नै राष्ट्रियता, जनजीविका, लोकतन्त्र र समान शिक्षाका लागि लड्दै आएको स्मरण गराउदै संयोजक महरले आगामी फागनु १४ मा जुनसुकै हालतमा पनि स्ववियु चुनाव हुनुपर्नेमा जोड दिए । साथै, उनले आगामी स्ववियु चुनाव गराउन त्रिभुवन विश्वविद्यालय र सरकारको ध्यानाकर्षण गराए ।
अनेरास्ववियुले अब आन्दोलनको स्वरूप परिर्वतन गरेर शान्तिपूर्ण र रचनात्मक ढङ्गबाट अघि बढ्ने बताउदै महरले भने ‘विगतमा हामीहरू राजनीति परिवर्तनको लागि लडेका थियौ तर अहिले राजनीतिले स्थायित्व पाइसकेकोले अब हामीले राजनीतिक उपलब्धिहरूको रक्षा र कार्यन्वयनमा ध्यान दिन जरूरी छ ।’
नेकपाको सरकार भएका बेला पनि भारतीय विस्तारवादविरूद्ध अनेरास्ववियु सडकमा आउदा सबै चकित परेको भन्दै महरले राष्ट्रियताका सवालमा आफूहरू निरन्तर लागिपर्नै बताए । सिमानाका विषयमा सरकारले चालेको कदम स्वागतयोग्य रहेको र अब कुटनीतिक पहल चालेर सरकारले चाँडोभन्दा चाडो नेपाली भूमिबाट भारतीय सेना हटाउनु पर्ने उनको भनाइ रहेको थियो ।